एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ।
बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए। माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ।
यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment