रुसको ‘स्याडो जहाज’ बाल्टिक सागरमा फसेको जर्मनीको दावी

डिसी नेपाल
२८ पुष २०८१ १२:३१
136
Shares

काठमाडौं । जर्मन अधिकारीहरूले एक तेल ट्याङ्कर जर्मन पानीमा फसेको दाबी गरेका छन् । जर्मनीले यो ट्याङ्कर रुसको ‘स्याडो फ्लीट’ को हिस्सा भएको दाबी गरेको छ ।

‘स्याडो फ्लीट’ बारे जर्मनीले रूसले यसलाई प्रतिबन्धबाट बच्न प्रयोग गरेको बताएको छ। यो कथित रूपमा रूसी जहाजहरूको फ्लीट हो, जसको माध्यमबाट रूसले तेलको व्यापार गर्दछ।

जर्मनीको सामुद्रिक अधिकारीहरूले शुक्रबार बताएअनुसार पनामाको झण्डा भएको यो जहाजलाई इभेन्टिन भनेर चिनिन्छ । यसले पावर र स्टेयरिङ क्षमता गुमाएपछि जहाजको सुरक्षाका लागि टगबोटहरू तैनाथ गरिएको बताएको छ।

जर्मनीकी विदेशमन्त्री एन्नालिना बेरबकले यसका लागि रुसलाई दोष दिएकी छन् ।

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रतिबन्धहरू बेवास्ता गरेर र “फ्लीटमा खिया लागेका ट्याङ्करहरू निर्दयी रूपमा तैनाथ गरेर” युरोपेली सुरक्षालाई खतरामा पारेको आरोप लगाइन् ।

तर, रुसले ‘स्याडो फ्लीट’ प्रयोग गरेको आरोपको जवाफ दिन अस्वीकार गरिसकेको छ । रुसले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

आफ्नो पहिलो रिपोर्टमा, सीसीएमईले जहाज २७४ मिटर (८९८ फिट) लामो र ४८ मिटर (१५७ फिट) चौडा रहेको र करिब ९९,००० टन तेल बोकेको बताएको थियो।

जर्मन अधिकारीहरूका अनुसार तेल ट्यांकर जर्मनीको टापु रुगेनको उत्तरमा बाल्टिक सागरको तटीय पानीमा बिस्तारै बगिरहेको थियो।

सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका, बेलायत र युरोपेली संघले रुसको तेल उद्योगमाथि कडा प्रतिबन्ध लगाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *