नवनियुक्त जापानी राजदूत नेपाल आइपुगे
काठमाडौं । नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आइपुगेका छन्।
उनले राजदूतका रूपमा नेपालका कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन्।
जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले उल्लेख गरेका छन्। नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको स्मरण गरे।
दुई देशबीचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment