सैफ अली खानमाथि आक्रमणको आरोपमा एक संदिग्ध पक्राउ

डिसी नेपाल
४ माघ २०८१ १४:१७
3.4k
Shares

काठमाडौं । मुम्बईको बान्द्रा प्रहरीले अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको र घर तोडफोड गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ । प्रहरीले अभियुक्तलाई करिब २ घण्टादेखि सोधपुछ गरिरहेको छ ।

यस मामिलामा बिहीबार एक संदिग्धको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको थियो, जो १५ जनवरी बिहान २.३० बजे सैफको घरमा देखिएका थिए। यस पछि, अर्को सीसीटीभी फुटेज देखियो जसमा बान्द्रा रेलवे स्टेशन नजिकै एक संदिग्ध देखियो। दुई संदिग्ध एउटै हो वा होइन भन्ने अझै प्रष्ट भएको छैन।

सैफको स्वास्थ्यलाई लिएर एक हेल्थ बुलेटिन जारी गरिएको छ । अस्पतालका प्रमुख न्युरोसर्जन डा नितिन डांगे र सीओओ डा नीरज उत्तमानीले सैफलाई आईसीयू वार्डबाट विशेष कक्षमा सारिएको बताए । अहिले सैफ पूरै खतरामुक्त छन् ।

डाक्टर उत्तमानीले सैफ स्ट्रेचर बिना नै अस्पताल भित्र आएको बताए । त्यस क्रममा उनीसँगै तैमुर पनि थिए । चिकित्सकले भने– चक्कु प्रहारबाट अभिनेताको स्पाइनल कर्डमा २ एमएम क्षति पुगेको छ । चक्कुको टुक्रा निकालिएको छ।

गत जनवरी १५ मा बिहान २ः३० बजे सैफको घरमा पसेपछि आक्रमण भएको थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *