जापानमा एउटा माछा २०७ मिलियन येनमा बिक्री
टोकियो। टोकियोको प्रख्यात माछा बजारमा भएको लिलामीमा ब्लूफिन टुनाको लागि २०७ मिलियन येन तिरिएको छ।
वर्षौंदेखि जापानमा लोकप्रियता हासिल गरेको नयाँ वर्षको परम्परामा सुशी चेनले २०७ मिलियनमा सो माछा खरिद गरेको हो। जसको चर्चा अझै बढीरहेको छ। माछा लगभग एक मोटरसाइकलको आकार अर्थात् २७६ किलोग्रामको थियो।
यो लगातार पाँचौं वर्ष हो कि एउटै बोलीदाताले उच्चतम् बोली लगाएर यति महंगोमा टुना माछा खरिद गरे। जुन घटनाले जापानदेखि विश्वभरिका मिडियाको ध्यान खिचिरहेको छ।
‘पहिलो टुना राम्रो भाग्य ल्याउने प्रतीक हो,’ ओनोडेराका एक अधिकारी शिन्जी नागाओले लिलामीपछि पत्रकारहरूलाई भने, ‘हाम्रो आशा छ कि मानिसहरूले यसको आनन्द लिनेछन् र नयाँ वर्षभरि मज्जा लिनेछन्।’
गत वर्ष ओनोडेरा समूहले यस्तै टुनाका लागि ११४ मिलियन येन खर्च गरेको थियो। समाचार अनुसार ओनोडेरा समूहले सो टुनालाई जापानभरका मिशेलिन तारांकित गिन्जा ओनोडेरा रेस्टुरेन्ट र नाडामन रेस्टुरेन्टबाट पकवानको रूपमा वितरण गरिने छ।
यो कीर्तिमान बोली जापानभर सुशी जान्माई रेष्टुरेन्ट चेन चलाउने ‘टुना किङ’ भनेर चिनिने कियोशी किमुराले लगाएका हुन्। यसअघि उनले २०१९ मा एक २७८ किलोग्राम ब्लूफिन टुनाका लागि सबैभन्दा उच्च लिलामी मूल्य ११४ मिलियन येनमा खरिद गरेका थिए।

No ads found for this position

डिसी नेपाल
Facebook Comment