छत्तीसगढमा भएको भिडन्तमा १४ माओवादी मारिए

डिसी नेपाल
९ माघ २०८१ ११:२८
2.2k
Shares

काठमाडौं । छत्तीसगढको गरियाबन्द जिल्लामा संदिग्ध माओवादीसँगको भिडन्तमा सुरक्षा बलले १४ माओवादी मारिएको दाबी गरेको छ ।

यो मुठभेड भएको स्थान ओडिशाको नुआपाडा जिल्लाको छेउमा रहेको गरियाबन्दको कुल्हाडीघाटको भालदिगी र तरझारको जङ्गल हो।

एक प्रहरी अधिकारीले बताएअनुसार ओडिशा प्रहरीको विशेष अपरेशन ग्रुप, सीआरपीएफको ‘कोबरा बटालियन’ र छत्तीसगढ पुलिसका कर्मचारीहरू आइतबार नै अपरेशनको लागि प्रस्थान गरेका थिए, जहाँ उनीहरूले राति अबेरसम्म संदिग्ध माओवादीहरूसँग मुठभेड गरेका थिए।

यो भिडन्त सोमबार रातिसम्म चलेको थियो । यसअघि सोमबार दिउँसो दुई संदिग्ध माओवादीको शव फेला परेको थियो । मंगलबार बिहान अन्य १२ माओवादीको शव फेला परेको छ ।

एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई भने, “हामीले ठूलो परिमाणमा अत्याधुनिक हतियार फेला पारेका छौं। खोजी अभियान अझै जारी छ। मारिने माओवादीको संख्या बढ्न सक्छ।”

मारिएका माओवादीहरूमध्ये केही ओडिशामा सञ्चालित माओवादी सङ्गठनका वरिष्ठ सदस्यहरू रहेका छन्। यद्यपी प्रहरीले यस सम्बन्धमा कुनै पुष्टि गरेको छैन ।

यस भिडन्तमा कोबरा बटालियनका एक सिपाहीलाई पनि गोली लागेको थियो। यद्यपि उनको अवस्था खतरामुक्त छ । विगत एक वर्षदेखि छत्तीसगढमा माओवादीविरुद्ध ठूलो अभियान चलिरहेको छ ।

सन् २०२४ मा सुरक्षा बलले प्रदेशमा २१९ माओवादी मारेको दाबी गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *