सुडानमा विद्रोही अर्धसैनिक समूहद्वारा अस्पतालमा ड्रोन आक्रमण, ६८ जनाको मृत्यु

डिसी नेपाल
१२ माघ २०८१ २१:५३
820
Shares

खार्तुम। पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।

‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,’ सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

यसैबीच, स्थानीय गैर–सरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पुष्टि गरेको छ। आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्ण रूपमा ध्वस्त भएको छ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गर्नुभयो । “लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो,” मिनावीले शनिबार सोशल मिडिया प्लेटफर्म एक्समा उल्लेख गरे।

अन्तर्राष्ट्रिय संगठनहरूका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *