अमेरिका-मेक्सिको सीमामा पाल टाँगेर सानो सहर बनाइँदै
काठमाडौं । मेक्सिकोको सिमानामा रहेको सहर सिउडाड जुआरेजमा कामदार र निर्माण मजदुरहरूले आफ्नो लागि एउटा सानो सहर निर्माण गरिरहेका छन्। यो पाल टाँगेर बनाइएका छाप्राहरूको शहर हो।
वास्तवमा, मेक्सिको सरकार आगामी हप्ताहरूमा अमेरिकाबाट मेक्सिको पठाइने हजारौं निर्वासित व्यक्तिहरूको लागि तयारीमा व्यस्त छ।
यो तीन हजार किलोमिटर लामो सीमामा रहेको आठ सीमानाका मध्ये जुआरेज एउटा हो। यहाँ ठूलो संख्यामा मानिस आउने अपेक्षा गरिएको छ, त्यसैले तयारी भइरहेको छ ।
महिला र पुरुषका लागि अस्थायी आश्रयस्थल निर्माण भइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन’ भनेका छन्।
अमेरिकाबाट छिट्टै निर्वासित हुनेमा मजदुर, घरेलु कामदार, भान्साको कामदार र खेत मजदुरहरू समावेश हुने अपेक्षा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment