ट्रम्पको चेतावनीपछि कोलम्बिया अमेरिकाका सबै शर्त मान्न तयार
काठमाडौं । आप्रवासीको मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बियाले अमेरिकाको सर्त स्वीकार गर्न राजी भएको छ ।
ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । ह्वाइट हाउसले एक विज्ञप्तिमा भन्यो, “कोलम्बियाको सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पका सबै सर्तहरू स्वीकार गर्न सहमत भएको छ, जसमा कोलम्बियाका अवैध आप्रवासीहरूलाई अमेरिकी सेनाको विमानबाट फिर्ता पठाइने कुरा स्वीकार गर्ने पनि समावेश छ।”
ह्वाइट हाउसले भनेको छ, “यो सम्झौता अन्तर्गत कोलम्बियामाथि थप कर र प्रतिबन्ध लगाउने मस्यौदालाई रिजर्भमा राखिनेछ। यदि कोलम्बियाले सम्झौताको सम्मान गर्न सफल भएमा यो आदेशमा हस्ताक्षर गरिने छैन।”
यसअघि कोलम्बियाले निर्वासित आप्रवासीहरूले भरिएको अमेरिकी विमानलाई अवतरण गर्न अनुमति दिएको थिएन। कोलम्बियाले आप्रवासी बोकेका विमानहरू सैन्य विमान भएको बताएको छ।
कोलम्बियाको यो कदमपछि अमेरिकाले यो देशमाथि २५ प्रतिशत कर लगाएको थियो र कोलम्बियाका अधिकारीहरुको भिसा रद्द गर्ने चेतावनी दिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment