ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

डिसी नेपाल
१५ माघ २०८१ १०:४८
312
Shares

काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए।

सीबीएस न्युजका अनुसार न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको बताएका छन्।

यी अधिकारीहरूले राष्ट्रपति ट्रम्पको एजेन्डालाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्नेछन् भन्ने उनलाई लाग्दैन।

यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ।

यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड भ्याक्सिन अस्वीकार गर्ने सिपाहीहरूको पुनर्स्थापना र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *