उत्तर प्रदेशको बागपतमा जैन समुदायको मेलामा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु
काठमाडौं । उत्तर प्रदेशको बागपतको बरौतमा जैन समुदायको लड्डु महोत्सवका क्रममा काठको मचान भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।
बागपतका डीएम अस्मिता लालले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले २० जना गम्भीर घाइते भएको बताए ।
बरौतमा भगवान आदिनाथको लड्डू पर्वका अवसरमा मनस्तम्भ परिसरमा निर्माण गरिएको काठको मचान भत्किँदा ५० भन्दा बढी भक्तजन दबिएका थिए ।
मुख्यमन्त्री योगी आदित्यनाथले अधिकारीहरूलाई तुरुन्तै घटनास्थलमा पुगेर राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। मुख्यमन्त्रीले घाइतेको उचित उपचार गर्न निर्देशन दिएका छन् ।
एम्बुलेन्स नहुँदा धेरै घाइतेलाई इ–रिक्सामा राखेर अस्पताल लगिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment