अमेरिकाले अवैध आप्रवासीलाई संसारकै सबैभन्दा खतरनाक जेल ग्वान्तानामो बेमा पठाउने

डिसी नेपाल
१७ माघ २०८१ १५:५६
10.1k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दोस्रो कार्यकालको पहिलो कानून ‘लेकेन रिले ऐन’मा हस्ताक्षर गरेका छन् । यस कानूनले संघीय अधिकारीहरूलाई कुनै पनि आपराधिक गतिविधिमा संलग्न अवैध आप्रवासीहरूलाई पक्राउ गर्ने र निर्वासन गर्ने अधिकार दिन्छ।

ट्रम्पले आफ्नो सरकारले आपराधिक गैरकानुनी आप्रवासीहरूलाई क्युबा नजिकैको ग्वान्तानामो-बे जेलमा पठाउने योजना बनाएको बताएका छन्। यहाँ ३० हजार बेड तयार गर्न निर्देशन दिइएको छ । यो जेललाई संसारकै सबैभन्दा खतरनाक जेल मानिन्छ । यहाँबाट अमानवीय यातनाका समाचार आउने गरेका छन् ।

विधेयक पारित भएपछि ह्वाइट हाउसले भन्यो- “यो ऐतिहासिक कानुन हो जसलाई हामीले आज लागू गरिरहेका छौं। यसले निर्दोष अमेरिकीहरूको जीवन बचाउनेछ।”

यो ऐन जर्जियाकी २२ वर्षीया नर्सिङ विद्यार्थी लेकेन रिलेको नाममा राखिएको हो। गत वर्ष भेनेजुएलाका एक नागरिकले उनको हत्या गरेका थिए । ट्रम्पले ऐनमा हस्ताक्षर गर्दा रिलेका आमाबुवा र बहिनी पनि उपस्थित थिए।

यस क्रममा ट्रम्पले भने- “म यति मात्र भन्न सक्छु कि आज जे भैरहेको छ त्यो तपाइँकी छोरीको सम्मान हो। यो धेरै दुखको कुरा हो कि हामीले यो गर्नु पर्छ।”

ट्रम्पले फेरि एकपटक अवैध आप्रवासीलाई रोक्ने वाचा गरेका छन् । उनले भने “केही अवैध आप्रवासीहरू यस्ता छन् जो निर्वासन पछि आफ्नो देशमा बस्ने छैनन्। हामी उनीहरू फेरि फिर्ता आउन् भन्ने चाहँदैनौं, त्यसैले हामी उनीहरूलाई ग्वान्तानामोमा पठाउने छौँ। हामीसँग ग्वान्तानामोमा ३० हजार बेडहरू छन्, जहाँ सबैभन्दा खतरनाक विदेशी अपराधीहरूलाई राख्न सकिन्छ।”

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *