सुन्दर हमालको शब्दमा ‘कल कल बगेको खोली’ (भिडियो)
काठमाडाैं। नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ।
गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ। मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन्।
गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ। आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन्।
रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ। उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment