चुम्बन विवादवारे बोले उदितनारायण

डिसी नेपाल
२३ माघ २०८१ ७:४१
1.1k
Shares

मुम्बई । गायक उदितनारायण झा केही दिनयताबाट चुम्बन भिडियोले विवादमा छन् । उनले कन्सर्टमा प्रत्यक्ष गीत गाउने क्रममा एक महिला प्रशंसकले उनको ओठमै चुम्बन गरिदिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा उदितनारायणले आफ्नो प्रसिद्ध गीत टिपटिप वर्षा पानी गाउँदै गरेको देखिन्छ । सोही क्रममा उनीसँग सेल्फी लिन स्टेजमा पुगेकी एक महिला प्रशंसकले सुरुमा उनको गालामा र त्यसपछि गायक उदितको ओठमा चुम्बन गरिन् । अहिले यही भिडियोका कारण उदि नारायणले आलोजना खेपिरहेका छन् ।

बलिउड हंगामालाई यस विषयमा दिएको अन्तर्वार्तामा उदितनारायणले यो प्रसंगमा आफूलाई कुनै लज्जा नभएको बताएका छन् । उनले अन्तर्वार्ताका क्रममा भने, ‘के मैले कहिल्यै आफूलाई, मेरो परिवारलाई वा मेरो देशलाई लज्जित पार्ने केही गरेको छ र ? मैले जीवनको विभिन्न चरण पार गरेर यो अवस्थामा आइपुग्दा किन यसरी बदनामको कोसिस गरिएको हो भन्ने मैले बुझेको छैन ।’

यो दृश्य आउँदा पनि आफूमाथि परिवारले गर्व गरेको यी गायकले बताए । आफूलाई प्रशंसकहरूले कतिसम्म माया गर्छन् भन्ने कुरा यो दृश्यले जनाएकाले यसलाई सकारात्मक रूपमा हेरिदिन पनि उदितनारायणले अनुरोध गरेका छन् ।

सञ्चारकर्मीसँग उदितले चुम्बन’bout भने, ‘मैले कुनै गल्ती नै गरेको छैन भने म किन लज्जित हुनु ? यो कुनै गोप्य रूपमा भएको कुरा होइन र मेरो मनले यसलाई पटक्कै नकारात्मक मानेको छैन ।’

प्रशंसकले आफूलाई गरेको यो मायालाई अश्लील देख्नेहरूप्रति आफूलाई दया लाग्ने गरेको पनि उनले बताए । उदितनारायणले यो कन्सर्ट भएको धेरै दिन भएको र पुरानो भिडियोले भाइरस बनाउनु पनि राम्रो होइन भनेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *