लभ स्टोरी जनराको चलचित्र बनाउँदै मिलन चाम्स

डिसी नेपाल
२३ माघ २०८१ १६:३९
20
Shares

काठमाडौं । अब्बल चलचित्र निर्देशक मिलन चाम्सले लभ स्टोरी जनराको फिल्म निर्माण गर्ने भएका छन्।

‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,’बबी’ ‘गोर्खा वारियर’ जस्ता फरक/फरक जनराको चलचित्र निर्देशन गरेर आफूलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरिसकेका निर्देशक मिलनले पछिल्लो समय लभ स्टोरी जनराको चलचित्र निर्माण गर्ने भएका हुन्।

गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल ‘सुम्निमा’ राखिएको छ। नाम सुन्दा नारीको कथा लाग्ने भए पनि चलचित्र बिसूद्द प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ।
चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *