‘मिस एण्ड मिष्टर टिन युनिभर्स सुपरस्टार’ भए सञ्जिता र कपिल

डिसी नेपाल
२४ माघ २०८१ ११:००
36
Shares

काठमाडौंँ। ‘मिस टिन युनिभर्स सुपर स्टार’को उपाधि सञ्जिता श्रेष्ठले जितेकी छन्। राजधानीमा आयोजित ‘युनिभर्सल सुपर स्टार २०२५’मा उनले उक्त उपाधि हात पारेकी हुन्।

सोही प्रतियोगीतामा ‘मिष्टर युनिभर्सल सुपरस्टार’को उपाधि कपिल सराफ र ‘मिस युनिभर्स सुपरस्टार’ (ग्लोबल)को उपाधि सुनिमा श्रेष्ठ (नेवार) र ‘मिसेस युनिभर्स सुपरस्टार’ उमा श्रेष्ठले प्राप्त गरे।

स्मार्ट गफ एपको आयोजनामा द प्लाजा पुल्चोक ललितपुरमा एक भब्य कार्यक्रम सहित आयोजना भएको प्रतियोगीतामा अर्गनाइज च्वाइसको उपाधि रुथ पाखरिन, पब्लिक च्वाईसको उपाधि कुराना स्याग्ताङ, शर्मिला श्रेष्ठ र अमृता गिरीले जिते।

रोजिन शाक्यको कोरियोग्राफी, रमेश जंग शाही कार्यक्रम निर्देशक रहेको प्रतियोगीता युवा, युवतीदेखि विवाहित महिलासम्मको प्रतिभा निखार्ने उदेस्यले आयोजना भएको कार्यक्रम आयोजक प्रमिला सिलवालले बताइन्।

अभिनेत्री रेखा थापा (नेपाल), उज्वोल रे (अमेरिका), सञ्जय रौनियार (भारत), फन किम ओआन (भियतनाम) रे अल्भारेज (कोलम्बिया) र पौयल प्रमणिक (भारत) प्रतियोगीताको निर्णायकमा रहेका थिए।

प्रतियोगीतामा ड्रेस डिजाइन समिक्छा लामिछाने, दुर्गा विष्ट, रुवि पौडेल, सजिना विष्ट, शर्मिष्ठा श्रेष्ठ र अनिता खत्री र मेकअप रोजिना सुवाल र टिमको रहेको थियो। सबै विजेता आगामी जुलाई २८ मा अमेरिकाको फ्लोरिडामा आयोजना हुने ‘मिस एण्ड मिस टिन युनिभर्सल ग्लोबल’मा सहभागीता जनाउनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *