खेलकुदमा उच्छृङ्खलतालाई छुट छैन : मन्त्री चौधरी
फाइल तस्बिर
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ।
यही माघ २५ गते केही अराजक समूहले राखेपका सदस्यसचिवको कार्यकक्षमा गरेको अभद्र व्यवहारका विषयमा मन्त्री चौधरीले जो कोही भए पनि कानुनी कारबाही गराई छाड्ने प्रतिबद्धता जनाएका छन्।
उक्त घटनाका विषयमा जानकारी लिन आज परिषद् पुगेका मन्त्री चौधरीले खेलकुद अनुशासनको पर्याय भएको उल्लेख गर्दै चित्त नबुझेका विषयमा छलफल गर्न सकिने तर बोर्डले गरेका निर्णय कार्यान्वयन गर्ने तथा गराउन आफू पछि नहट्ने बताए।
सो अवसरमा राखेप उपाध्यक्ष धु्रव आचार्यको पनि उपस्थिति रहेको थियो। उपाध्यक्ष आचार्यले गलत क्रियाकलाप गर्नेलाई नियमानुसार कारबाही हुनुपर्ने बताए।
त्यस अवसरमा परिषद्का विभिन्न विभागीय प्रमुखहरुका तर्फबाट उच्छृङ्खल क्रियाकलाप गर्ने व्यक्तिलाई कारबाही गराउन आवश्यक पहल थाल्न मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाइएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment