सुदूरपश्चिमका संसदीय सभापतिका लागि आज निर्वाचन हुँदै

डिसी नेपाल
४ फागुन २०८१ ७:१३
32
Shares

कैलाली। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले संसदीय समितिका सभापतिको निर्वाचन हुँदैछ। समितिका सभापतिको निर्वाचनका लागि चुनावी प्रक्रिया आजबाट सुरु हुने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन्।

आज प्रस्तावित सभापतिको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने र समितिका सभापतिको निर्वाचनका लागि सम्बन्धित समितिको बैठक प्रारम्भ र निर्वाचन मत परिणाम घोषणा गर्ने तालिका रहेको छ।

सचिवालयका अनुसार हिजो मतदाता रहेका प्रदेश सभा सदस्यहरूको नामावली प्रकाशन गर्ने, मतदाता नामावली उपर दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन र सभापति पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव दर्ताको तालिका रहेको थियो।

साथै, विशेषाधिकार समितिको निर्वाचनको मत परिणाम घोषणाका लागि समितिको बैठक फागुन ४ गते दिनको २ः३० बजेटबाट सञ्चालन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुख भीमबहादुर भण्डारीले गत माघ १८ गते दोस्रो पटक सभापतिको निर्वाचन तय गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *