अर्थमन्त्री पाैडेल र पाेखरामा मेयर आचार्यकाे स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पाैडेल वर्न अस्पतालमा

डिसी नेपाल
४ फागुन २०८१ ११:१६
152
Shares

कीर्तिपुर। राष्ट्रपति रामचन्द्र पाैडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेलकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पाैडेल आइतबार बिहान साे अस्पताल पुगेर मन्त्री पाैडेल र पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

राष्ट्रपति पाैडेललाई स्वास्थ्य मन्त्री प्रदिप पाैडेल, स्वास्थ्य सचिव डा राेशन पाेखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए।

मन्त्री पाैडेल र मेयर आचार्य पाेखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगाे लागेर घाइते भई साे अस्पतालकाे आइसियुमा शनिबार भर्ना भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *