जनता जागिसके, तत्काल राजासहितको प्रजातन्त्र घोषणा गरौं : धवल शमसेर राणा

डिसी नेपाल
४ फागुन २०८१ १३:४५
612
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद तथा महामन्त्री धवल शमसेर राणाले नेपालमा ९४ प्रतिशर ओमकार समूदाय रहँदा रहँदै विदेशीको आडमा धर्मरिपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन्।

महामन्त्री राणाले नेपाली जनता जागेको दिन यो संसद्लाई अफ्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन्। नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन माग गरेका छन्।

‘म विन्रमतापूर्वक अनुरोध गर्न चाहान्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई यो कुरा चित्त बुझेको छैन् । पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात राजासहितको ज्रजातन्त्रमा परीणत गर्नका लागि यो सभासहित आग्रह गर्न चाहान्छौं। जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैनन्। भोलि आन्दोलन हुन्छ’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *