एमाले कांग्रेसको बुई चढेर हिँड्दै छ : झलनाथ खनाल

डिसी नेपाल
४ फागुन २०८१ १७:१५
108
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन्। आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

एमालेको आखिर मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि उसैको बुई चढेर हिँडिरहेको बताए। विगतमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने उल्लेख गरे।

क्रान्तिकारी बाटो र अडान लिएर नेकपा एकीकृत समाजवादी अगाडि बढ्न जरुरी रहेको उनको धारणा थियो। उनले समाजवाद प्राप्तिको एउटा आधारशिला एकीकृत समाजवादीले तयार गर्नुपर्ने स्पष्ट पारे।

‘अहिले एमालेको नेतृत्वलाई हेर्नुस् त। एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? कांग्रेस नै हो। तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ। हिजो माओवादीले पनि त्यही गर्‍यो। हामी पनि त्यसैतिर लागिरहेका छौँ। अब त हामीले सिक्यौँ की जस्तो लागेको छ। अब क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ। त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्छ,’ उनले भने।

खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *