निर्माण व्यवसायीको पूरानो बक्यौता भुक्तानी हुँदैछ : गृहमन्त्री

डिसी नेपाल
६ फागुन २०८१ १७:२५

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन्।

हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्नेगरी अघि बढेको बताए।

सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ छ।

सरकारले व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको गृहमन्त्री लेखकले बताए।

यस्तै, उनले देश विकास निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनले बताए। अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भूमिका रहेको बताए।

उनले भने, ‘निर्माण व्यवसायिको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ। अहिले पुराना बक्यौता सरकारले भुक्तानी दिन सुरु गरेको छ। तपाईंहरू आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु।’

निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताए। निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफल योग्य रुपमा अघि बढाउने गरी समयसीमा भित्रै गुणस्तरीय काम गर्नुपर्ने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *