नेपाली कांग्रेस कास्कीको भातृ संस्था समन्वय शाखामा विकास थापा
काठमाडौं । नेपाली कांग्रेस कास्कीले भातृ संस्था समन्वय शाखा संयोजकमा नेपाली कांग्रेसका जिल्ला सदस्य विकास थापालाई मनोनयन गरेको छ ।
कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालद्वारा हस्ताक्षरित पत्रमा नेपाली कांग्रेसको नियमवली २०७६ को परिच्छेद १७ को धारा ३ बमोजिम मनोनयन गरेको जनाइएको छ।
कांग्रेस केन्द्रीय समितिले लामो समयदेखि सम्पूर्ण भातृ संस्थाको अधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्ने र नगर्नेलाई म्याद थप नगर्ने भएसँगै कास्कीमा पनि सम्पूर्ण भातृ संस्थाको अधिवेशन सम्पन्न गराउन र भातृ संस्था र पार्टीबीच समन्वय गराउन थापालाई मनोनयन गरिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले वताए।
थापा नेपाल विधार्थी संघ कास्कीका पूर्वसभापति समेत हुन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment