जेलेन्स्कीलाई तानाशाह भन्ने ट्रम्पले अब गरे प्रशंसा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा भएको भेटअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशंसा गरेका छन्। उनले जेलेन्स्कीप्रति “ठूलो सम्मान” रहेको बताए।
बीबीसीले उनलाई हालै जेलेन्स्कीलाई “तानाशाह” भनेकोमा माफी माग्ने हो कि भनेर सोधेको थियो। यसबारे ट्रम्पले भने कि उनले त्यसो भनेकामा उनलाई विश्वास नै लाग्दैन।
उनले जेलेन्स्कीलाई ‘धेरै साहसी व्यक्ति’ भनेर वर्णन गरे। युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने बारेमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि ट्रम्पले बोलिरहेका थिए।
ट्रम्पले शुक्रबार जेलेन्स्कीसँगको भेट “धेरै राम्रो” हुने आशा व्यक्त गरे। उनले युक्रेन र रुसबीच शान्ति स्थापनाको प्रयास तीव्र गतिमा अगाडि बढिरहेको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment