गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध
काठमाडौं। इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदी निस्तार चाडलाई समेट्न युद्धविरामको अवधि छ हप्ता बढाउने समावेश थियो।
इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो। तर हमासले अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गरेर अवस्थित सम्झौताको दोस्रो चरण लागू गर्नु भएको अडान लिएपछि इजरायलले यस्तो कदम चालेको हो।
जनवरी १९ मा लागू भएको इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment