अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो

डिसी नेपाल
२० फागुन २०८१ ८:२४
932
Shares

काठमाडौं। अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। साेकाे जानकारी अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट दिएकाे हाे।

मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन्।

यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र  युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन्।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *