युक्रेनलाई अमेरिकी सैन्य सहायता निलम्बन गर्नुअघि नेटोलाई सम्पर्क गरिएको थिएन: पोल्याण्ड
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहयोग रोक्ने निर्णयप्रति नेटो सदस्य देश पोल्याण्डले प्रतिक्रिया जनाएको छ।
पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता पावेल व्रोन्स्कीले पत्रकारहरूलाई भनेअनुसार अमेरिकाले अमेरिकाको नेतृत्वमा रहेको सैन्य संगठन नेटोसँग परामर्श वा जानकारी नगरी यो निर्णय लिएको हो।
उनले भने, “यो निर्णय धेरै महत्त्वपूर्ण छ र अवस्था धेरै गम्भीर छ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन्।
यस विषयमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको पार्टीका सांसद ओलेक्जान्डर मेरेज्कोले बीबीसीलाई भने, “यो रुसको पक्षमा रहेको जस्तो देखिन्छ। यो विनाशकारी छ। अमेरिकी सहयोग बिना युक्रेनले प्रभावकारी रूपमा आफ्नो सुरक्षा गर्न सक्दैन।”
गत शुक्रबार मात्र, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको कार्यालयमा डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग चर्को बहस गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment