विश्व कीर्तिमान निर्मल पूर्जालाई गृहजिल्लामा लोभलाग्दो स्वागत

डिसी नेपाल
२३ फागुन २०८१ ११:००
100
Shares

म्याग्दी। विश्व कीर्तिमानी निर्मल पूर्वा (निम्स) लाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ। बिहीबार उनलाई जिल्लाबासीले स्वागत गरेका हुन्।

निर्मल पूर्जा सम्मान मूल समारोह समितिको आयोजनामा उनलाई नौमती। धिमे, थाली नाचसहित सांस्कृतिक बाजागाजाका साथ बेनी बजार परिक्रमा गराइएको थियो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा जन्मिएका पूर्जाले छोटो समयमा नै पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।

पर्वतारोहण क्षेत्रमा पूर्जाले विना अक्सिजन विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरिसकेका छन्। पूर्जाले म्याग्दीमा रहेको विश्वको सातौं अग्लो धौलागिरि र दशौं अग्लो हिमाल अन्नपूर्णबाट आरोहण सुरु गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *