रूसले युक्रेनसँग अस्थायी युद्धविराम स्वीकार नगर्ने

डिसी नेपाल
२३ फागुन २०८१ १४:४१
816
Shares

काठमाडौं । ब्रसेल्समा जारी युरोपेली संघका नेताहरूको सम्मेलनको बीचमा रुसले युक्रेनसँगको अस्थायी युद्धविराम स्वीकार नगर्ने बताएको छ।

“कुनै पनि समाधानका लागि दृढ सम्झौता आवश्यक पर्नेछ,” रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्। यो बिना कुनै पनि प्रकारको राहत हामीलाई अस्वीकार्य छ।

यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युरोपेली संघका देशहरूको सेना युक्रेन पुगेमा यसलाई रुस विरुद्धको प्रत्यक्ष युद्ध मानिने बताएका थिए।

रुसी समाचार एजेन्सी ‘तास’ का अनुसार लाभरोभले भने कि रुसमा ईयू शान्ति सेनाको उपस्थितिलाई नेटोको उपस्थितिको रूपमा हेरिनेछ।

उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको विश्वयुद्धको धम्कीलाई रूस विरुद्धको चेतावनी मानिने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *