एलन मस्कको स्पेसएक्स रकेट फेरि विस्फोट

डिसी नेपाल
२३ फागुन २०८१ १६:१५
352
Shares

काठमाडौं । अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ।

यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरियो र अन्तरिक्षयानको भग्नावशेष खस्ने बारे चेतावनी जारी गरियो।

स्पेसएक्सले पुष्टि गरेको छ – उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा गायब भएको छ र अब सम्पर्कविहीन छ।

अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गयो।

घाइते वा क्षतिको कुनै रिपोर्ट आएको छैन, तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिन्छ।

यो रकेट परीक्षणको आठौं मिसन थियो र यो यसको लगातार दोस्रो असफलता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *