इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्‍यो

डिसी नेपाल
२६ फागुन २०८१ १०:२५
84
Shares

काठमाडौं । इजरायलले गाजामा तत्काल प्रभावबाट बिजुली आपूर्ति बन्द गरेको बताएको छ।

उसले बाँकी ५९ बन्धकहरूको रिहाइ चाहेको र यसका लागि हमासमाथि दबाब दिने उद्देश्यले यो कदम चालेको बताएको छ।

देशका ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताए।

एली कोहेनले भने, “मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु। हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मूलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौं।”

गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो। उसले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताएको छ ।

इजरायलले हमासले आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन स्वीकार गरोस् भन्ने चाहन्छ।

तर हमासले युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *