अमेरिकाको दाबी- ‘युक्रेन युद्धविरामका लागि अमेरिकी मागअनुसार अगाडि बढ्न तयार’
काठमाडौं । अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्प प्रशासनले युक्रेनी नेतृत्व रुससँग युद्धविरामको लागि अमेरिकी मागमा “अगाडि बढ्न तयार” रहेको विश्वास गर्छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज आफ्ना युक्रेनी समकक्षीहरूसँग वार्ता गर्न मंगलबार साउदी अरेबिया आइपुग्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीमाथि रुससँग तत्काल युद्धविरामको माग स्वीकार गर्न दबाब बढाउँदै आएका छन्। तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको कुनै तत्काल वाचा गरेका छैनन्।
दश दिनअघि अमेरिकी ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्को बहस भएको थियो। ट्रम्पले जेलेन्स्की लडाईं अन्त्य गर्न तयार नभएको दाबी गरेका थिए।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरे र हाल युक्रेनको लगभग २० प्रतिशत भाग रुसी कब्जामा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment