उत्तर कोरियाले धेरै क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी

डिसी नेपाल
२६ फागुन २०८१ १३:२३
700
Shares

काठमाडौं । समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले सोमबार उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको बताएको छ।

रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन्।

सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ। उत्तर कोरियाको सरकारी मिडियाले सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो र यसले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ खराब बनाउने बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *