मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु
काठमाडौं। युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ। मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबी गरेको छ। क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच बार्ता शुरु हुनु अघि युक्रेनले यो आक्रमण गरेको थियो। युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० वर्षका पुरुष रहेको बिबिसीले उल्लेख गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment