सरकारका प्रवक्ता भन्छन्- दुर्गा प्रसाईंले सामाजिक सद्भाव भड्काउन खोजे
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पूराना ऐन कानुनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको टेलिकम उद्योग पुनरुथान कार्यक्रममा मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुथानका लागि प्रविधिको विकाससँग अघि बढ्नुपर्ने र पूराना ऐन कानुन परिमार्जन हुने जानकारी दिए। प्रविधिको विकाससँगै टेलिकम क्षेत्रको विकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनले बताए।
मन्त्री गुरुङले आफू मन्त्री भए पनि प्रविधिको क्षेत्रमा विकास गर्न खाजेपनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गरे। उनले विधेयक लामो समय अड्किँदा समयमा नै कानुन निर्माण हुन नसकेकाले संसदले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए।
विधेयक पास गर्न ५–६ वर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक विकासका लागि अध्यावश्यक कानुन बनाउन अध्यादेश ल्याउनुपरेको उनले बताए। मन्त्री गुरुङले समाजलाई विभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको धारणा राखे। उनले दुर्गा प्रसाईंजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोपसमेत लगाए।
त्यस्तै उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भइ संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै सवैको छलफल र सुझावपछि सदनमा पेस गर्ने जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment