पाकिस्तान : ‘रेल अपहरण भएको क्षेत्रको १ इन्च जमिन पनि सरकारको नियन्त्रणमा छैन’

डिसी नेपाल
२८ फागुन २०८१ १४:२३
6.5k
Shares

काठमाडौं । बलुचिस्तान नेशनल पार्टीका अध्यक्ष तथा बलुचिस्तानका पूर्व मुख्यमन्त्री अख्तर मेङ्गलले बलुचिस्तानमा सरकारले आफ्नो नियन्त्रण दाबी गर्न सक्ने एक इन्च पनि ठाउँ बाँकी नभएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखे , “उनीहरूले यो लडाईं हारेका छन्। पूर्ण रूपमा र कहिल्यै फिर्ता हुन नसक्ने गरी । यो सकियो। हामीले उनीहरूलाई चेतावनी दिएका थियौं। तर हाम्रो कुरा सुन्नुको सट्टा, उनीहरू हामीमाथि हाँसिरहेका थिए।”

अख्तर मेङ्गलले आरोप लगाएका छन्, “पाकिस्तानको हरेक सरकारले कुनै अपवाद बिना बलुचिस्तानका जनताको व्यवस्थित नरसंहार गरेको छ। यो एउटा यस्तो मुद्दा हो जसमा हरेक संस्था, हरेक प्रशासन र हरेक तथाकथित नेता हाम्रो विरुद्धमा एकसाथ उभिएको देखिएको छ।”

अख्तर मेंगलको यो बयान पाकिस्तानसँग सम्बन्धित धेरै महत्वपूर्ण व्यक्तिहरूले सामाजिक सञ्जालमा सेयर गरेका छन् र सरकारमाथि प्रश्न उठाएका छन्।

पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई) ले अख्तर मेंगलको यो बयान धेरै गम्भीर भएको बताएको छ। गुप्तचर निकायहरू र सेनाका जनरलहरूले आफ्नो कामको प्राथमिकतामा पुनर्विचार गर्नुपर्ने पीटीआइले बताएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *