पाकिस्तानी सुरक्षा बलको सफलता: तीन सय बढी बन्धकको उद्दार
A passenger, who was rescued from a train after it was attacked by separatist militants, receives medical aid at the Mach Railway Station in Mach, Balochistan, Pakistan, March 11, 2025. REUTERS/Stringer TPX IMAGES OF THE DAY
काठमाडौं। पाकिस्तानको सेनाले बलुचिस्तान प्रान्तमा उग्रवादिहरूले कब्जा गरेको यात्रुवहाक रेलबाट तीन सय भन्दा बढी बन्धकहरूलाई मुक्त गरेको बताएको छ। बन्धक मुक्त गर्ने क्रममा ३३ जना उग्रवादी मारिएको पाकिस्तानी सेनाका प्रवक्ताले जनाएका छन्।
सेनाका प्रवक्ताका अनुसार अपरेशन सुरु हुनुअघि बलुच लिबरेशन आर्मी (बीएलए) ले २१ जना नागरिक बन्धक र ४ जना सैन्य कर्मचारीको हत्या गरेको थियो। यद्यपि, यी तथ्याङ्कहरू अझै पुष्टि हुन सकेको छैन। सेनाले अझै कुनै पनि खतरा नहोस् भनेर त्यस क्षेत्रमा खोजी अपरेशन जारी राखेको छ।
मङ्गलबार दिउँसो बलुचिस्तान प्रान्तको एक दुर्गम सीमावर्ती जिल्लामा एक लडाकू पृथकतावादी समूहले रेल कब्जा गर्दा ४५० भन्दा बढी यात्रुहरू सवार थिए, जसमा अझै पनि अज्ञात सङ्ख्यामा बन्धकहरू छन्।
केही उग्रवादीहरूले रेल छोडेर केही संख्याका यात्रुहरूलाई नजिकको पहाडी क्षेत्रमा लगेको हुन सक्ने बताएका छन् सुरक्षा अधिकारीहरूले बताएका छन्। सेनाका प्रवक्ताका अनुसार, आक्रमणको क्रममा भाग्न सफल भएका यात्रुहरूलाई फेला पार्ने प्रयास जारी छ। यद्यपि, कति यात्रु अझै बेपत्ता छन् भन्ने स्पष्ट हुन सकेको छैन।
बेलायत, अमेरिका लगायतका केही पश्चिमी देशहरूले बलुच लिबरेशन आर्मी (बीएलए) लाई आतंककारी संगठनको रूपमा सूचीकृत गरेका छन्।
आक्रमणको तुरुन्तै बलुच लिबरेसन आर्मी (बीएलए) ले जिम्मेवारी लिएको थियो। यसले ट्र्याकमा भएको विस्फोटको भिडियो जारी गरेको त्यसपछि पहाडमा लुकेका ठाउँहरूबाट दर्जनौं लडाकूहरू निस्केर गाडिहरूमा आक्रमण गरेको थियो।







डिसी नेपाल







Facebook Comment