सबै कुरा रुसको नियतमा निर्भर गर्दछ : जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरेबियामा अमेरिका र युक्रेनी अधिकारीहरूबीच भएको युद्धविराम वार्तालाई सकारात्मक बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने – युक्रेनले शान्ति र युद्धविरामको लागि आफ्नो मनसाय स्पष्ट पारेको छ, अब रूसले यसको जवाफ दिनुपर्नेछ।
अमेरिकासँगको वार्तापछि युक्रेनले ३० दिने युद्धविरामलाई अनुमोदन गरेपछि उनको भनाइ आएको हो।
जेलेन्स्कीले भने, “अब यो सबै रूसमा निर्भर गर्दछ कि उसले युद्धविराम चाहन्छ वा शान्ति चाहन्छ, वा हिंसा जारी राख्न चाहन्छ।”
उनले थप भने, “युक्रेनले आफ्नो अडान स्पष्ट गरिसकेको छ… अब रुसले यसबारे निर्णय लिनुपर्नेछ।”
यसअघि रुसले अमेरिकी अधिकारीहरूबाट पूर्ण जानकारी प्राप्त गरेपछि मात्र प्रतिक्रिया दिने बताएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment