संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा देउवाको जोड
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन्। कसैलाई संघीयता मन नपरेपनि केहि गर्न नसकिने उनले बताए।
सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे। संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए। सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे।
उनले कांग्रेसको १०० दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढि समन्वय गरेर अघि बढ्नुपर्ने बताए। कांग्रेस अहिले ठूलो पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि लाग्न उनले निर्देशन दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment