कविता : एउटी सुन्दरी

राकेश कार्की
९ चैत २०८१ ७:३२
92
Shares

कुनै एउटी सुन्दरी आउँछिन्
उनले एक्लो महसुस गर्छिन्
तब उनका आँखा खोज्छन्
एउटा नौजवान सुन्दर

किनकी यो बसन्तको मौसम छ
रङ्गीचङ्गी फूल फुलेका छन्
हातमा हात समातेर डुल्नुछ
मायाका मीठामीठा बात मार्दै

दिउँसो सूर्यको उज्यालो किरण
रातमा चन्द्र ताराको मधूरो किरण
केन्द्रित गरिरहेनछ प्रकाशमा
माया गरिरहेका मायालुको जोडीलाई

प्रेम-भावनाको संगममा छ जीवन
कलकल रहरका झरनाहरु
हरियो वनमा मनै झुमाउने धून
सुस्तरी बहेर शीतल पवन

कुनै एउटा सुन्दर आउँछ
उसले देख्छ जवान सुन्दरी
प्रेमका वासना फैलिरहन्छ
यस्ररी नै प्रकृति चलिरहन्छ।

लस एन्जेलस

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *