ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने देखियो : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा पुन: ऊर्जा क्षेत्रमा संकट आउन सक्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ। नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको छ। गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौं,’ उनले भनेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्ले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। त्यस लगत्तै सरकारको चर्को विरोध हुन थालेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment