अपहरित अमेरिकी महिला पर्यटकको उद्धार, नेपाली महिला पक्राउ

डिसी नेपाल
१४ चैत २०८१ १२:२७
1.5k
Shares

काठमाडौं । पोखराबाट अपहरणमा परेकी अमेरिकी महिला पर्यटकको उद्धार गरिएको छ।

७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन्। पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी महिला पर्यटक नेपाली महिलाबाट अपहरणमा परेकी थिइन्।

पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ।

अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि प्रहरीले उनलाई उद्धार गरेको हो।

ती महिलालाई अपहरण गरेको आरोपमा प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ घर भएकी ३७ वर्षीया सरिता लामा छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।

पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *