कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित
काठमाडौं। राष्ट्रियसभा बैठक आज पनि अबरूद्ध भएको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ।
बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए।
अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन्। हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment