छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला

डिसी नेपाल
१४ चैत २०८१ १७:३४
176
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।

सुनसरीको धरान उपमहानगरपालिका-५ अँधेरी खोलाको छेउमा रहेको सिसौघारीमा सोही उपमहानगरपालिका-५ आँपटार बस्ने ७१ वर्षीया मनमाया राई बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ तिप्लिङस्थित ब्रह्मायणी खोलामा सोही गाउँपालिका-२ फुल्पिङकोट बस्ने २९ वर्षीय नरेश विक बिहीबार मृत अवस्थामा फेला परेका छन्।

उता ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-१ कुईभिर बस्ने ६९ वर्षीय बडि हर्क राई सोही ठाउँस्थित खरबारीको भिर नजिकैबिहीबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *