करिब १ सय ५ किलो गाँजासहित अटो चालक पक्राउ
धनकुटा । अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलोग्रामसहित एक जना पक्राउ परेका छन्।
सहिदभूमी गाउँपालिका–१ सेती चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय अभिषेक विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले को.१ ह ९१३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अभिषेकलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment