गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शन: काठमाडौंको ट्राफिक व्यवस्था प्रभावित (तस्वीर)

डिसी नेपाल
१५ चैत २०८१ ११:०७
272
Shares

काठमाडाैं। गणतन्त्र पक्षधर र राजावादीको प्रदर्शनका कारण काठमाडौं उपत्यका भित्र यातायात प्रभावित भएको छ।

दुवै पक्षको र्‍याली र सभाका कारण काठमाडौंका मुख्य सडकमा यातायात प्रभावित भएको छ। समाजवादी मोर्चा नेपालले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको सभाका कारण सो क्षेत्रमा यातायात आवागमन बन्द गरिएको छ।

रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटिमण्डपको सडक पूर्णरुपमा बन्द गरिएको छ। त्यस्तै काठमाडौंको तीनकुने वानेश्वर, माइतिघर लगाएतका क्षेत्रमा यातायात अवरुद्ध भएको छ।

सो क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *