दुई महिलाको शव फेला

डिसी नेपाल
१५ चैत २०८१ १७:०१
380
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१४ चतुरे बस्ने ४० वर्षीया बेली तामाङ आफनै घर नजिकै बाटो छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

पर्साको वीरगंज महानगरपालिका-४ बिर्ता टोल डेरा गरी बस्ने सोही महानगरपालिका-९ घर भएकी ७६ वर्षीया विष्णु माया गुरूङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *