रहेनन् लेखक कमल कोइराला
काठमाडौं । लेखक कमल कोइरालाको पक्षघातका कारण ८७ वर्षको उमेरमा निधन भएको छ।
सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो।
भोलि बिहान ११ बजे उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ।
उनी पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन्।
उनले कोरियाका लागि नेपाली राजदूतका रूपमा तीन वर्षे कार्यकाल सम्हालेका थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment