गर्भवती श्रीमतीलाई खाडलमा पुरेर प्रहरीमा हराएको निवेदन
विराटनगर । श्रीमतीको हत्या अभियोगमा इलाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले इलामको फाकफोकथुम गाउँपालिकामा-३ का २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको हो।
उनले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको भन्दै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए।
अनुसन्धानका क्रममा श्रीमान् माथि नै शंका लागेपछि प्रहरीले अनुसन्धानको दायरा श्रीमान् तिर केन्द्रित गरेको थियो।
श्रीमती हराएको भनी प्रहरीमा उजुरी दिने उमेश नै हत्यामा संलग्न रहेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
गिरीले फागुन २९ गते श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो। गिरी एक्साभेटर चालक रहेको र घुम्न जाउँ भनी श्रीमतीको हत्या गरेर एक्साभेटरले खनेर गाडेको प्रहरी अनुसन्धानले देखाएको छ।
विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका-२ धार्नेखोपस्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो।
पक्राउ परेका गिरीलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान थालेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment