सदनमा कांग्रेसको प्रश्न- तीनकुने घटनाले पूर्वराजाको हृदय किन दुखेन?
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुने घट्नाले सारा जनताको हृदय दुखे पनि पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवालाई हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ? भन्दै प्रश्न गरे हुन्।
‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ। तोडफोड हुँदा सबैलाई दुख्यो। तर, निर्मल निवासलाई दुखेन। राजा चाहियो भन्ने युवालाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईंको हृदयलाई दुख्दै गर्दा हृदयनदुख्ने कस्तो राजा तपाईंहरूले परिकल्पना गर्दै हुनुहुन्छ?,’ उनले प्रश्न गरे।
गणतन्त्रको विकल्प खोज्ने भन्दा पनि यसको प्रकृयामा सुधार गर्नुपर्ने शर्माले बताए। ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरीपरी घुम्न थाल्यो, राजाल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ। बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला। तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने संभावना छ ?,’ भन्दै प्रश्न गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment